माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। यस संगै माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वित्तीय संस्था बनेको छ।









