Thursday, July 30, 2026
spot_img

लक्ष्मी सनराइज बैंकको ऋणपत्र आजदेखि, वार्षिक ७ प्रतिशत ब्याज

spot_img

लक्ष्मी सनराइज बैंकले आज साउन १४ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाइएको छ।

यस ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ९ गते अनुमति दिएको हो । वार्षिक ७ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।  ऋणपत्र निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img