spot_img

सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

spot_img

सिद्धार्थ बैंक लिमिटेडले आज असार २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको मध्येबाट ५० हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम निष्काशन गरिएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने छन् । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण...

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको...

टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि...

वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द

लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन्...

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन...