Tuesday, July 28, 2026
spot_img

४०० रुपैयाँमा पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

spot_img

यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २१ लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार ९ सय ३५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले यी शेयर चैत्र ५ देखि चैत्र १९ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४०० रुपैयाँ कायम गरेको छ। सो वा सो भन्दा बढी मूल्य कबुल गरि यी लिलामीको शेयरमा आवेदन दिन सकिने छ। यी शेयरमा जो कोहि आवेदकले आवेदन दिन सक्ने भएपनि आवेदन दिंदा आवेदकले आफु संस्थापक शेयर खरिद गर्न योग्य रहेको प्रमाण सहित स्वघोषणा पेश गर्नु पर्ने छ। अर्थात् संस्थापक शेयर खरिदको लागि नेपाल बीमा प्राधिकरणले जारी गरेको फिट एण्ड प्रपर टेस्ट अनुसार रहेको प्रमाण पेश गर्नु पर्ने छ।

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट मार्फत आवेदन फारम खरिद गरि त्यहि आवेदन दिन सक्ने छन् । आवेदन दिंदा भने न्युनतम १ लाख कित्ता शेयर खरिद गर्नको लागि दिनु पर्ने छ।

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img