Tuesday, July 28, 2026
spot_img

मङ्सिर ११ देखि ६ लाख कित्ता बढी शेयर लिलाम गर्दै नारायणी डेभलपमेन्ट बैंक, कहाँ दिने आवेदन ?

spot_img

नारायणी डेभलपमेन्ट बैंकले मङ्सिर ११ गतेदेखि हकप्रदमा अवितरित ६ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको ६ लाख २१ हजार ६ सय ६ कित्ता हकप्रद शेयर लिलाम गर्न लागेको हो। जस मध्ये ६ लाख ३ हजार १ सय ६२ कित्ता संस्थापक समुहको शेयर हो भने बाँकि साधारण समुहको शेयर हो ।

यस लिलामी प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।  आवेदन दिनको लागि मङ्सिर २५ गतेसम्मको म्याद तोकिएको छ । संस्थापक शेयरको नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रपर टेस्टको सबै मापदण्ड पुरा गरेको हुनु पर्ने छ।

काठमाडौँ जिल्ला भित्र ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने ग्लोबल आईएमई बैंकका शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, नारायणगढ, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

बैंकले असोज २ देखि कार्तिक ९ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँको २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।हकप्रदमा बिक्री नभएको शेयर लिलाममा आउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले साउन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img