Tuesday, July 28, 2026
spot_img

कार्तिक २६ देखि १० लाख कित्ता बढी शेयर लिलाम गर्दै रिभर फल्स पावर, कहाँ दिने आवेदन?

spot_img

रिभर फल्स पावर लिमिटेडले कार्तिक २६ गतेदेखि हकप्रदमा अवितरित १० लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको १० लाख ३८ हजार ९ सय २४ कित्ता हकप्रद शेयर लिलाम गर्न लागेको हो।

यस लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि मङ्सिर ३ गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने प्रभु बैंकको शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार ५ सय १७ जना आवेदकलाई ५९ लाख ६१ हजार ०७६ कित्ता शेयर हकप्रद बाँडफाँड गरिएको थियो। यस संगै बिक्री नभएको १० लाख ३८ हजार ९ सय २४ कित्ता शेयर लिलाममा आउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img