एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समुहको ३० हजार ३८ दशमलव ५७ कित्ता शेयर र सर्वसाधारण समुहको ३ लाख २८ हजार ४ सय ७३ दशमलव ८१ कित्ता गरि कुल ३ लाख ५८ हजार ५ सय १२ दशमलव ४८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलामीको शेयरमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।
यस लिलामी प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ता र सर्वसाधारण समुहको शेयरको न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । सस्न्थापक शेयरको हकमा नियामकिय्य प्रावधान अनुसारको फिट एण्ड प्रपर टेस्टको कागजात पनि पेश गर्नु पर्ने छ।
काठमाडौँ जिल्ला भित्र मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा बिक्री नभएको शेयर अब लिलाम हुन लागेको हो ।












