Tuesday, March 18, 2025
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुनेछन्। कम्पनी विशेष साधारणसभा प्रयोजनको लागि जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी रु. २,१०,००,००,०००/- (अक्षरेपी दुइ अर्व दश करोड) को १५% अर्थात प्रत्येक १०० कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२. हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई रु. २,४१,५०,००,०००/- (अक्षरेपी दुई अर्व एकचालिस करोड पचास लाख) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव विशेष साधारण सभामा पेश गर्ने बारे ।

३. कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव विशेष साधारण सभामा पेश गर्ने सम्बन्धमा ।

४. संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव परित गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img