चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी बीमाशुल्क (बीमा प्रिमियम) संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ फागुनसम्मसम्मको अवाधिमा संचालनमा रहेका १४ बीमा कम्पनीले कुल १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार रुपैयाँ बीमा प्रिमियम संकलन गरेका हुन्।
जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक २९ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६२ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड तथा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड बराबरको बीमा प्रिमियम संकलन गरेका छन् ।
यस अवधिमा सन् नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम अर्थात् २ अर्ब ७० करोड बीमा प्रिमियम संकलन गरेको छ। त्यस्तै रिलायबल लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब १९ करोड बीमा प्रिमियम संकलन गरेको छ।
हेर्नुस् चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन