१० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’

spot_img
spot_img

धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले गरेका हुन् ।

होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र विभिन्न समारोह सञ्चालन गर्न सकिने तीनवटा सुविधासम्पन्न हल रहेका छन्। स्थानीय पर्यटन, आतिथ्य सेवा र व्यावसायिक गतिविधिलाई थप उचाइमा पुर्‍याउने अपेक्षासहित सञ्चालनमा आएको होटल आँगनलाई बागलुङको पर्यटन पूर्वाधारमा निजी क्षेत्रबाट भएको महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भण्डारीले बागलुङजस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न जिल्लामा पर्यटन व्यवसायको सम्भावना अत्यन्तै व्यापक रहेको बताए । उनले पर्यटनको विकासका लागि पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै गुणस्तरीय होटल, व्यवस्थित आतिथ्य सेवा, दक्ष जनशक्ति र लगानीमैत्री वातावरण आवश्यक रहेको धारणा राखे । कालिका भगवती मन्दिर, पञ्चकोट, बागलुङ बजार, गलकोट, ढोरपाटन, गाजा दह तथा बागलुङका विभिन्न प्राकृतिक र सांस्कृतिक सम्पदालाई एकीकृत पर्यटन प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२० वटा इन्टरनेट सेवा प्रदायकले नवीकरण गरेनन् लाईसेन्स, ९ वटाले बक्यौता तिर्न बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो...

आशुतोष इनर्जीले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ...

अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध?

सरकारले कम्तिमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत्...

एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?

आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ...

सुनचाँदीको भाउमा आज पनि गिरावट

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार...

बल्ल अघि बढ्यो पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत...