एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?

spot_img
spot_img

आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ तोकिएको छ । जबकी, आजभन्दा ठिक एक महिना अघि सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँ थियो । पछिल्लो एक महिनामै (कार्तिक २ गते अर्थात् दशैँ बिदा अघिसम्म र मंसिर ३ गतेको भाउ तुलना गर्दा) सुनको भाउ तोलामा ३२ हजार ६ सय रुपैयाँले घटिसकेको छ ।

चाँदीको भाउ पनि पछिल्लो एक महिनामा ८५० रुपैयाँले घटिसकेको छ । कार्तिक २ गते प्रतितोला ४१ सय ८५ रुपैयाँ रहेको चाँदीको भाउ मंसिर ३ मा आइपुग्दा ३३ सय ३५ रुपैयाँमा झरेको छ ।

सुनचाँदी व्यवसायीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ अझै घट्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ३५ सय डलरसम्म सुनको भाउ झर्न सक्ने अनुमान भइरहेका बेला यदि त्यसो भएमा नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५० हजार रुपैयाँ हाराहारीमा आउन सक्ने अनुमान व्यवसायीहरुको छ ।

नेपाली बजारमा २०८२ साल माघ १५ गते छापावाल सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको थियो । यो साढे ९ महिनाको अवधिमा सुनको भाउ तोलामा ८१ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।

अहिले सुनको भाउ घट्नुमा मुख्यगरी ३ वटा कारण रहेको व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार हालै सम्पन्न अमेरिकी निर्वाचनमा डेमोक्य्राटिक पार्टीको विजय, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने संकेत र सुनको उत्पादन लागतमा आएको कमीले भाउ घटाउन मद्दत गरेको छ । ‘डेमोक्य्राटहरुको विजयले सेयरको भाउ बढ्न थाल्यो, सेयर बढ्दा सुनको भाउ घट्छ’ उनी भन्छन्, ‘त्यसमाथि अहिले अमेरिकी सेन्ट्रल बैंकले ब्याजदर घटाउँछ भन्ने चर्चा पनि भइरहेको छ । साथै, अहिले सुनको प्रोडक्शन कस्ट पनि घटेको छ । जसका कारण स–साना खानीहरु पनि सञ्चालन हुन सकेका छन् । यसले बजारमा सुनको उपलब्धता पनि बढाएको छ ।’

सुन किन्ने उपर्युक्त समय आएको हो ?
नेपाली बजारमा ३ लाख ४० हजार हाराहारीबाट २ लाख ५७ हजारमा झरिसके पनि सर्वसाधारणहरु अहिले सुन किन्ने उपर्युक्त समय हो कि भन्नेमा अझै अनिर्णित नै छन् । तर, सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य भने अहिलेको भाउ अनुसार सुन किन्ने समय आएको बताउँछन् । तर, अस्वभाविक रुपमा नभई एक दुइ तोलाका दरले सुन किनेर राख्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने शाक्यको विश्वास छ ।

‘भाउ घट्दो छ, अझै घट्ने अनुमान पनि भइरहेको छ । तर, सधैँ घट्छ भन्ने हुँदैन’ उनी भन्छन्, ‘यस आधारमा अहिले सुन किनेर राख्नका लागि केही हदसम्म अनुकुल समय चाहिँ हो । तर, अस्वभाविक रुपमा एकैपटक धेरै किन्नु पनि हुँदैन । भाउ घटेको दिन मिलाएर एक दुइ तोला सुन किन्दा राम्रै हुन्छ ।’

सन् २०२७ को पहिलो त्रैमासपछि सुनको भाउ पुनः उकालो लाग्ने अनुमान भइरहेकाले लगानीका रुपमा सुन किनेर राख्न चाहनेका लागि अहिले नै उपर्युक्त समय भएको शाक्यको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउमा आज पनि गिरावट

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार...

बल्ल अघि बढ्यो पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत...

पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को...

दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च...

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...