बल्ल अघि बढ्यो पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाे निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने जानकारी दिए ।

सञ्चालक समिति सदस्य शाहीकाअनुसार २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको विद्युत उत्पादन कम्पनीको सोलार प्रोजेक्ट, ४५४ मेगावाटको किमाथांका, ७७ मेगावाटको चिलिमे सेतीलगायतका कम्पनीसँग विद्युत खरिद सम्झौता गरिँदैछ । पीपीए भएसँगै सरकारी कम्पनीले लगानी, पूर्वाधार निर्माण र विद्युत उत्पादन कार्यलाई तीव्रता दिनेछन् । उत्पादित विजुली प्राधिकरणले खरिद गर्नेछ ।

ऊर्जा मन्त्री श्रेष्ठले सरकारी विद्युत् कम्पनीबाट राज्यभार थपिँदै गएकाले तत्काल पीपीए अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले  सरकारी कम्पनीका साथै निजी विद्युत कम्पनीको पीपीए अगाडि बढाउन पनि निर्देशन दिइसकेका छन् । मन्त्री श्रेष्ठको ताकेताका बीच प्राधिकरण चरणबद्ध पीपीए गर्नेगरी अघि बढेको हाे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को...

दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च...

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार ...