पाँचतारे ‘मक्र्युर काठमाडौँ’को महाप्रबन्धकमा विजय नान्मारन नियुक्त

spot_img

नेपालमा ‘एकोर ग्रुप’को सहकार्यमा बन्दै गरेको पहिलो होटल ‘मक्र्युर काठमाडौँ’को महाप्रबन्धकमा विजय नान्मारन नियुक्त भएका छन् । उनलाई होटलका सञ्चालक देशबन्धु बस्नेत (अजित)ले महाप्रबन्धकमा नियुक्त भएसँगै स्वागत गरेका छन् ।

विश्व प्रसिद्ध एकोर ग्रुपसँगको सहकार्यमा ‘दी मेट्रोपोलिटन होटल प्रा.लि.’ले काठमाडौँको सुकेधारामा पाँचतारे होटल निर्माण गर्दैछ । निर्माणाधीन होटल ‘मक्र्युर काठामाडौँ’ ब्राण्ड नामबाट सञ्चालनमा आउने भएको हो ।

विजय नान्मारनको अनुभव र रणनीतिक कौशलताले मक्र्युर काठमाडौँमा असाधारण आतिथ्य सेवा प्रदान गर्न र होटल र उपभोक्ताबीच बलियो सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास होटल परिवारले लिएको छ ।

‘मक्र्युर काठमाडौँ’ पाँचतारे होटल हो । जसमा ११० कोठा हुनेछन् ।

मक्र्युर होटलहरू जुन जुन देशमा, जहाँजहाँ सञ्चालनमा छन्, ति प्रत्येक स्थानको संस्कृति र स्थानीय कला र परिकार सहितका उच्च गुणस्तरीय सेवाका लागि प्रख्यात छन् । मक्र्युरले विभिन्न ६५ देशमा ९६० होटलहरुको व्यवस्थापन सम्हाल्दै आएको छ । सँगै, १० हजार बढी रेष्टुरेन्ट तथा बारको पनि व्यवस्थापन गर्दै आएको छ ।

‘एकोर’सँग होटल ब्राण्ड मात्रै ४० भन्दा बढी छन् । यी मध्ये ‘मक्र्युर’लाई नेपालमा देशबन्धु बस्नेतले भित्र्याएका हुन् । एकोर ग्रुप युरोपको विश्वबिख्यात बिजनेश ग्रुप हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...