spot_img

बालेन सरकारले पीएसपीपी कार्यान्वयन गर्ने निर्णय गरेपछि महासंघले गर्‍यो स्वागत

spot_img

निजी क्षेत्र संरक्षण एवम् प्रवर्द्धन रणनीति (पीएसपीपी) कार्यान्वयन गर्ने गत मन्त्रिपरिषद् निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

महासंघले गत कात्तिक २२ गते ‘आर्थिक बहसः २.०’ कार्यक्रम आयोजना गरी शान्ति स्थायित्व र समृद्धिका लागि पीएसपीपीको अवधारणापत्र पेश गरेको थियो । नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त अवधारणा कार्यान्वयन गर्ने निर्णय गरेसँगै महासंघले स्वागत गरेको हो ।

‘यसबाट निजी क्षेत्रका व्यवसाय, व्यक्तिगत तथा लगानीको सुरक्षा र आवश्यक प्रवद्र्धन सरकारले प्रत्याभूत गर्ने प्रतिवद्धता आएको छ । निजी क्षेत्रको मनोबल बढाइ लगानी प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं’ महासंघ अध्यक्ष चन्द्र ढकालले भने ।

नेपाल सरकारको शासकीय सुधार सम्बन्धि सय बुँदे कार्ययोजनाको ६०औँ बुँदामा पीएसपीपी समेटिएको छ । देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण तथा निजी क्षेत्रको विश्वास पुनस्र्थापना गर्ने उद्देश्यले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरी तत्काल लागु गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।...

तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा

सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले...

अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने...

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख...

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् ।...

सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज

इन्टरनेट सेवा प्रदायकहरुले  सुपथ मूल्य र कम स्पीडका इन्टरनेट...