स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आवद्धता, नवीकरण र स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।
बोर्डले राष्ट्रिय परिचयपत्रसँगै इलेक्ट्रोनिक मेडिकल रेकर्ड र अन्तर्राष्ट्रिय रोग वर्गीकरण प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ । यसबाट बिमितको पहिचान, दाबी परीक्षण र भुक्तानी प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउने बोर्डको विश्वास छ ।










