नेपाल–ईयू सम्बन्धलाई व्यापार, लगानी र निजी क्षेत्र साझेदारीमा केन्द्रित गर्न महासंघको जोड

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीसँग महासंघ सचिवालय टेकुमा भएको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार रहेको बताउँदै नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवद्र्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

अध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको संक्रमणलाई सहज बनाउन व्यापार सहजीकरण, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, परीक्षण तथा प्रमाणीकरण पूर्वाधार, प्राविधिक मापदण्ड र निर्यात विविधीकरणमा ईयूको थप सहयोग आवश्यक रहेको बताए । नेपाली तयारी पोसाक, गलैंचा, फेल्ट, पश्मिना, चिया, कफी, मसला, हस्तकला तथा वनस्पतिजन्य उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारका लागि युरोपेली मापदण्ड, गुणस्तर, ट्रेसिबिलिटी र दिगोपनसम्बन्धी क्षमता अभिवृद्धिमा सहकार्य गर्न महासंघले आग्रह गरेको छ ।

महासंघले नेपालमा युरोपेली लगानी आकर्षित गर्न जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा बीपीओ, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पूर्वाधार र डिजिटल सेवामा पर्याप्त सम्भावना रहेको जनाएको छ । लगानी वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रभावकारी सरकारी सेवा, भन्सार प्रक्रियाको सरलीकरण तथा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

भेटमा राजदूत चाल्र्स ह्वाइटलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि ईयूको निरन्तर साथ र सहयोग रहने बताए । नेपाल एलडीसीबाट स्तरोन्नतिको महत्वपूर्ण चरणमा रहेकाले त्यसका लागि आवश्यक तयारी, संक्रमण व्यवस्थापन तथा दिगो आर्थिक विकासमा ईयूले सहयोगलाई निरन्तरता दिने उनले बताएका छन् । नेपाल–ईयू सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, निजी क्षेत्र तथा आर्थिक साझेदारीका क्षेत्रमा थप विस्तार गर्न सकिने उनको भनाइ छ ।

महासंघ र ईयूबीच निजी क्षेत्रको क्षमता अभिवृद्धि, निर्यात प्रवद्र्धन, लगानी सहजीकरण, हरित तथा डिजिटल अर्थतन्त्र, जलवायु उत्थानशील पूर्वाधार र एलडीसी स्तरोन्नतिपछिको व्यापारिक संक्रमणमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा दुतावासका उच्च अधिकारी तथा महासंघका महानिर्देशक लगायतको सहभगिता थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...