spot_img

माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्‍याली र आयोजना स्थल भ्रमण गराइने

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । ‘उत्थानशिल ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित माघ ३, ४ र ५ गते काठमाडौँमा एक्स्पो आयोजना हुन लागेको हो ।

इप्पानका अध्यक्ष मोहन डाँगीका अनुसार यो एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ मा भएका प्रदर्शनीको निरन्तरता हो ।

नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको अवस्थामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुन लागेको अध्यक्ष डाँगीले बताएका छन् । सरकारले १० वर्षभित्र ३० हजार मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्य हासिल गर्न ऊर्जा क्षेत्रका लगानीकर्ता, निती निर्माता र साझेदारीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको इप्पानले जनाएको छ ।

अध्यक्ष डाँगीका अनुसार इलाम, संखुवासभा, लमजुङका बाढी तथा पहिरो हुँदै हालैको भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको महाप्रलयसम्मलाई विश्लेषण गरी सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई केन्द्रमा राखेर एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान हुनेछ ।

हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ ले जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्ने अवसर प्रदान गर्ने इप्पानको विश्वास छ ।

एक्स्पोमा ऊर्जा उत्पादक, विकासकर्ता, लगानीकर्ता, वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानसमेत हुने बताइएको छ ।

एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्‍याली रहने छन् ।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल जग्गा तथा आवास एक्स्पो सुरु

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...

२२.५० मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको...

शुक्रबारबाट प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास पाइने

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पूरानै मूल्यमा...

भोटेकोशी बाढीः हाइड्रोको बीमा प्रीमियम बढ्ला ?

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरुमा...

AI in Education: How Schools Are Adapting to a New Era of Learning

Artificial intelligence is no longer a futuristic concept in...

अमेरिकी केन्द्रीय बैंकले ३ वर्षपछि बढायो ब्याजदर, विश्वका अर्थतन्त्रमा के असर पर्छ ?

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले बुधबार (सेप्टेम्बर...