सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट २० लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश गरी २० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो ।
असोज १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।










