spot_img

शुक्रबारबाट प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास पाइने

spot_img

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पूरानै मूल्यमा उपलब्ध हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले पृथ्वी राजमार्ग अवरुद्द हुनुभन्दा अगाडिकै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरेर ग्यास बेच्न आफ्ना सदस्यहरुलाई सूचना जारी गरेको छ ।

यसअघि संघले कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक बाटो प्रयोग गरेर ग्यास ल्याउँदा ढुवानी खर्च बढेको भन्दै निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ढुवानी बापत बढेको १६५ रुपैयाँ ३८ पैसासम्म जोडेर ग्यास बेच्न आफ्ना सदस्यहरुलाई अनुरोध गरेको थियो । तर, अहिले राजमार्ग सञ्चालनमा आएपछि अतिरिक्त ढुवानी खर्च हटेको हो ।

संघले शुक्रबारबाट अतिरिक्त ढुवानी बापत यसअघि तोकिएको १६५ रुपैयाँ हटाउन भनेको हो । योसँगै अब शुक्रबारबाट काठमाडौँमा प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा नै ग्यास पाइनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...

नेपाल जग्गा तथा आवास एक्स्पो सुरु

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...

२२.५० मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको...

भोटेकोशी बाढीः हाइड्रोको बीमा प्रीमियम बढ्ला ?

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरुमा...

माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्‍याली र आयोजना स्थल भ्रमण गराइने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन...