अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान, यस्तो छ तीन दिने भ्रमण तालिका

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी  बिहीवार बिहान ७;३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमण तालिका:
बिहीवार-५:००-बजे: भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।

शुक्रवार

-बिहान ९ बजे: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।

-५:००बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।

-७:३० बजे; भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी ।

शनिवार
-९:३० बजे ; भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।

-११:३० बजे ; दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।

-साँझ ४ बजे नेपाल फिर्ता ।

भ्रमण टोलीका सदस्यहरु
सहसचिव: अमृत लम्साल-अर्थ मन्त्रालय।
सहसचिव: गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय ।
उप नियोग प्रमुख : डा.सुरेन्द्र थापा,नेपाली राजदूताबास नयाँदिल्ली ।
इकोनोमिक्स मिनिस्टर: तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली ।
उपसचिव: कञ्चन बस्नेत, निजी उप सचिव, माननीय अर्थमन्त्री ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात...

आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको...

तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले के गर्दैछ ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपुर्ति...

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई...

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...