Monday, July 27, 2026
spot_img

६ मेगावाटको तल्लो लिखु क्यास्केड आयोजना बनाउँदै श्वेत-गंगा हाइड्रो

spot_img

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले ६ मेगावाट क्षमताको तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले विद्युत उत्पादनको अनुमतिपत्र पाउनको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।

यो आयोजना कोशी प्रदेश, ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ०४, बागमती प्रदेश, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं.०४ र रामेछाप नगरपालिका वडा नं. ०१ मा रहने छ । आयोजनाले लिखु नदीको पानीलाई उपयोग गर्दै नदीको प्रवाहमा आधारित क्यासकेड (Run of River- Cascade) ६ मेगावाट क्षमताको तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environment Examination) प्रतिवेदन उर्जा मन्त्रालयले २०८२ असार ४ मा स्वीकृत गरेको छ। प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा  ३५ दिन भित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले आग्रह गरेको छ।

तल्लो लिखु क्यास्केड जलविद्युत आयोजनाको डिजाइन वहाव (Design Discharge) २९.७५ घनमिटर प्रति सेकेण्ड तथा कुल हेड (Gross Head) २५.६५ मि. एवं जडित क्षमता ६.०० मे.वा. हुनेछ । आयोजनाबाट वार्षिक सरदर ३५.९३ गिगावाट घण्टा (GWh) विद्युतिय उर्जा उत्पादन हुनेछ ।

यस आयोजनाका प्रस्तावित मुख्य भौतिक संरचानहरु ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ०४ मा लिखु नदीको बायाँ किनारमा रहनेछन् । आयोजनाको लागि आवश्यक पानी लिनको लागि तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे. वा.) को निकास नहरभन्दा तल १४.८९ मि. लम्बाई, ४ मि. चौडाई र ८.८५ मि. उचाई भएको हेडपण्ड (Headpond) निर्माण गरिनेछ र उक्त हेडपण्डमा पानीको माथिल्लो सतह (Top Level) ६२२.६५ amsl रहनेछ ।

हेडपण्ड पश्चात ३.४५ मि. व्यास र ५९.८८ मि. लम्बाई भएको साईफन क्रसिङ्ग (Syphon crossing) द्वारा पानीलाई नदीको बाँया किनारामा रहने हेडरेस कल्भर्टमा लगिनेछ । ३.७५ मि. चौडाई र ४ मि. उचाईको हेडरेस कल्भर्ट (Headrace Culvert) संरचनाको कुल लम्बाई १२७६.३० मि हुनेछ । हेडरेस कल्भर्ट पश्चात ४१ मि. लम्बाई, ९.५ मि. चौडाई र १०.७६ मि. उचाईको फोरबे (Forebay) हुनेछ। फोरबे पश्चात ३.४५ मि. व्यास र ४७.६२ मि. लम्बाईको पेनस्टक पाईपबाट ३३.७० मि. लम्बाई, १६.६२ मि. चौडाई र १२.७५ मि. उचाई भएको विद्युतगृहमा रहेको टर्बाईनमा पानीलाई खसालिनेछ । विद्युत गृहमा २ वटा ३.१ मेगावाट क्षमताको Horizontal Axis Francis Turbine र सो सँग coupled गरिएका २ वटा ३.५३ MVA क्षमताको जेनेरेटर रहनेछन् । अन्त्यमा, २२२.७७ मि. लामो, ४ मि. चौडाई र ३.५ मि. उचाईको Tailrace culvert मार्फत उक्त पानीलाई पुनः लिखु नदीमा फर्काइनेछ ।

यसरी उत्पादित उर्जालाई आयोजनाको स्वीचयार्ड देखि करिब १.५ कि. मि. लम्बाइको १३२ के.भी. क्षमताको सिङ्गल सर्किट प्रसारण लाइन (Transmission Line) मार्फत तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे. वा.) को स्वीचर्याडमा जोडिनेछ । तत्पश्चात तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे. वा.) र तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना (६ मे. वा.) बाट उत्पादित संयुक्त उर्जालाई हाल विद्यमान २२.५ कि.मि. लम्बाईको १३२ के.भी. प्रसारण लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यस आयोजनाबाट ०५ मार्च २०२८ बाट व्यवसायिक रूपमा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img