Tuesday, July 15, 2025

५ वटा हाइड्रो आयोजना बनाउन कम्पनी खोज्दै विभाग, फेरि प्रस्ताव माग

spot_img
spot_img

विद्युत विकास विभागले बुट मोडलमा ५ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि फेरि प्रस्ताव माग गरेको छ। यस अघि आशयपत्र माग गर्दा आशयपत्र नपरेका तथा कम परेका आयोजनाको हकमा विभागले आज असार १८ गते पुन: प्रस्ताव माग गरेको हो ।

विभागले ५०.५ मेगावाटको बेनी कालिगण्डकी जलविद्युत आयोजना र ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजना, ६५ मेगावाटको कालिगण्डकी अपर हाइड्रो पावर आयोजना र ४९.५ मेगावाट लोती कर्णाली जलविद्युत आयोजनाको लागि प्रस्ताव माग गरेको हो। नेपाली कम्पनी र तिनका जेभी कम्पनीले यसमा आवेदन दिन सक्ने छन् । इच्छुक कम्पनीले साउन २ गते दिउँसो १२ बजेसम्म आशयपत्र पेश गर्नु पर्ने छ। आशयपत्र सोहि दिन १ बजे खोलिने छ।

विभागले आशयपत्र प्राप्त गरेपछि आवेदन परेका कम्पनीको सर्टलिस्ट गर्ने छ । त्यसपछि सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। त्यसपछि प्राविधिक प्रस्तावको मुल्यांकन गरिने छ। जसमा प्रविधिक क्षमतालाई अधिकतम ४५ अंक, वित्तीय क्षमतालाई अधिकतम ३५ अंक र अनुभवलाई अधिकतम २० अंक प्रदान गरिने छ। प्राविधिक प्रस्ताव योग्य हुनको लागि कम्तिमा ६० अंक प्राप्त गर्नु पर्ने छ। त्यसपछि मात्र आर्थिक प्रस्ताव खोलिने छ। आर्थिक प्रस्तावमा योग्य कम्पनीले यी आयोजना निर्माण गर्ने लाईसेन्स पाउने छन् ।

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ र नियमावलीको व्यवस्था अनुसार विभागले कम्पनी चयन गर्ने छ।

यस अघि : बुट मोडलमा ३ वटा हाइड्रो आयोजना बनाउन ९ कम्पनी सर्टलिस्ट, नेप्सेमा सूचीकृत कुन कुन परे ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img