Monday, July 27, 2026
spot_img

५ वटा हाइड्रो आयोजना बनाउन कम्पनी खोज्दै विभाग, फेरि प्रस्ताव माग

spot_img

विद्युत विकास विभागले बुट मोडलमा ५ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि फेरि प्रस्ताव माग गरेको छ। यस अघि आशयपत्र माग गर्दा आशयपत्र नपरेका तथा कम परेका आयोजनाको हकमा विभागले आज असार १८ गते पुन: प्रस्ताव माग गरेको हो ।

विभागले ५०.५ मेगावाटको बेनी कालिगण्डकी जलविद्युत आयोजना र ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजना, ६५ मेगावाटको कालिगण्डकी अपर हाइड्रो पावर आयोजना र ४९.५ मेगावाट लोती कर्णाली जलविद्युत आयोजनाको लागि प्रस्ताव माग गरेको हो। नेपाली कम्पनी र तिनका जेभी कम्पनीले यसमा आवेदन दिन सक्ने छन् । इच्छुक कम्पनीले साउन २ गते दिउँसो १२ बजेसम्म आशयपत्र पेश गर्नु पर्ने छ। आशयपत्र सोहि दिन १ बजे खोलिने छ।

विभागले आशयपत्र प्राप्त गरेपछि आवेदन परेका कम्पनीको सर्टलिस्ट गर्ने छ । त्यसपछि सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। त्यसपछि प्राविधिक प्रस्तावको मुल्यांकन गरिने छ। जसमा प्रविधिक क्षमतालाई अधिकतम ४५ अंक, वित्तीय क्षमतालाई अधिकतम ३५ अंक र अनुभवलाई अधिकतम २० अंक प्रदान गरिने छ। प्राविधिक प्रस्ताव योग्य हुनको लागि कम्तिमा ६० अंक प्राप्त गर्नु पर्ने छ। त्यसपछि मात्र आर्थिक प्रस्ताव खोलिने छ। आर्थिक प्रस्तावमा योग्य कम्पनीले यी आयोजना निर्माण गर्ने लाईसेन्स पाउने छन् ।

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ र नियमावलीको व्यवस्था अनुसार विभागले कम्पनी चयन गर्ने छ।

यस अघि : बुट मोडलमा ३ वटा हाइड्रो आयोजना बनाउन ९ कम्पनी सर्टलिस्ट, नेप्सेमा सूचीकृत कुन कुन परे ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...
spot_img