नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले असार १९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १:१.५ अको अनुपातमा १ सय ५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।