Friday, April 10, 2026
spot_img
spot_img

 प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न 

spot_img
spot_img

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा होटल म्यारियटमा कार्यक्रम आयोजना भएको हो।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको जनाएको हो ।

आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताईन्। जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भनेँ एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भनिन् –‘अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’

निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै भनिन्– ‘कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।’

निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताईन्। ‘आईबी शिक्षा संसारका घुम्ने पासपोर्ट मात्र होइन, स्वदेश फर्किएर मातृभुमीका निम्ती सेवा गर्ने ‘रिटर्न टिकट’ पनि हो । साथै विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो । यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ ।’
प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताईन्।

यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए । ‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौं शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पुर्ण विद्यार्थीलाई मेरो आग्रह छ, प्रबन्ध निर्देशक थापाले भनें –‘विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरि आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहान्छु ।’

यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठले भने, ‘देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामि दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अभ्यस प्राप्त हुन्छ ।’

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो । आईबी शिक्षण प्रणाली अन्तर्गत आईबीका तीन वटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एक मात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल स्कुलले जनाएको छ। स्कुलले भनेको छ ‘यो मुलुककै निम्ति गर्वको कुरा हो, किनभने विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् । ‘

विश्वव्यापी मान्यता प्राप्त आईबी एजुकेसन प्रणाली त्यसमा पनि आईबी कन्टिनम स्कुलबाट दीक्षित भएर निस्किएको यो ब्याच प्रति प्रिमियर इन्टरनेसनलले गौरव महशुष गरेको निर्देशक लिम्बुको भनाई छ । लिम्बु भन्छिन् ‘कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त आइबी एजुकेसन स्वदेशमै प्रदान गर्ने एक मात्र कन्टिनम स्कुल भन्दा प्रिमियर गौरवको अनुभूति गर्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....
spot_img