Saturday, July 11, 2026
spot_img

विद्यार्थीलाई “कमाउँदै सिक्दै” कार्यक्रममा सहभागी गराउन दुई मन्त्रालयबीच सम्झौता

spot_img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ।

बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी र शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको समेत उपस्थिति थियो। सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले पनि समारोहमा उपस्थित थिए।

सम्झौतापत्रमा हस्ताक्षर पछि शिक्षामन्त्री सुमना श्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको माग अनुसारको सिप दिन सक्नुपर्ने बताईन्। ‘सोह्रौँ योजनाले पनि ७०-३० अर्थात् सत्तरी प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ। हाम्रा युवाहरूलाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ।’- मन्त्री श्रेष्ठले भनिन् ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौता पत्र कार्यान्वयनमा लैजान सके अशल अभ्यासको विस्तार हुने बताउनुभयो। विद्युत् प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि इन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभव एकदमै राम्रो रहेको बताए  ।

यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले हामीले सिप र श्रमलाई संस्कृति बनाउन नसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिप सिकाउन यो सम्झौता गरिएको बताए  । ‘ढल्केवरको एउटा टनेलको काममा ५०० जना श्रमिक थिए। एक जना पनि नेपाली रहेनछ। हाम्रा प्राविधिक शिक्षाका विद्यार्थीहरूलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुंगा साबित हुनेछ।’- मन्त्री बस्नेतले भने ।

समझदारी पत्रको मुख्य उद्देश्य “कमाउँदै सिक्दै” (learning while earning) भन्ने अवधारणालाई सिप विकासमार्फत कार्यान्वयनमा ल्याउनु हो। यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमा आधारित सिकाइद्वारा सिप विकासमा गुणस्तर अभिवृद्धि गराउनेछ भने विद्यार्थीहरूको वृत्तिमार्गलाई स्पष्ट पार्दै एप्रेन्टिसलाई उत्प्रेरित गर्न मद्दत पुर्‍याउनेछ।

यस सम्झौताले खासगरी सीटीईभीटीमा अध्ययनरत विद्यार्थीहरूलाई ऊर्जा मन्त्रालय मातहतका निकायहरूद्वारा सञ्चालित विकास परियोजनाहरूमा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ। सम्झौता अनुसार ऊर्जा मन्त्रालयले एप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाहरूको सम्बद्ध विषय र क्षेत्रको विवरण पाठ्यक्रम विकासको लागि शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ। ऊर्जा मन्त्रालयले तालिम कार्यक्रम संचालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को प्रचलित नियमअनुसार हुन आउने आर्थिक स्रोत शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ।

शिक्षा मन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकता बमोजिमको पेशा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ। ती परियोजनाहरूमा आवश्यक पर्ने तालिममा सहभागीहरूको समूहगत सङ्ख्या तथा पेशागत दक्षताको विवरण उपलब्ध गराउने र सो विवरण पाठ्यक्रमले निर्धारण गरे बमोजिमको हुनेछ। सिप विकास तथा कार्यस्थलमा आधारित एप्रेन्टिसशिप कार्यक्रम सञ्चालनका लागि परीक्षा, सिप परीक्षण, स्तरीकरण, प्रमाणीकरण तथा छनोटका मापदण्ड निर्धारण गर्ने व्यवस्था मिलाउने जिम्मेवारी शिक्षा मन्त्रालयको हुनेछ।
समझदारीको कार्यान्वयनमा आवश्यक समन्वय गर्नका लागि दुवै पक्षबाट सम्पर्क व्यक्ति तोकी जिम्मेवारी दिने र सोको जानकारी एक अर्कालाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक संस्थाहरूसँग ऊर्जा मन्त्रालयको समन्वयमा सहकार्य र सहजीकरण तथा अप्रेन्टिसशिप सम्बन्धमा प्रचार प्रसार गरिनेछ।

सम्झौताले दीर्घकालमा नेपालका युवाहरूलाई आवश्यक प्राविधिक तथा व्यावसायिक सिप प्रदान गरी देशको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। यस समझदारीमार्फत ऊर्जा मन्त्रालयका विभिन्न परियोजनामा विद्यार्थीहरूको सक्रिय सहभागिता हुनेछ, जसले उनीहरूको व्यवहारिक सिपमा सुधार ल्याउनेछ र रोजगारको अवसर बढाउनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img