Sunday, July 26, 2026
spot_img

राइड सेयरिङले बढायो बाइकको बजार, डेलिभरी र रेन्टलले अझै उकास्ने अपेक्षा

spot_img

पछिल्लो समय दुइ पाङ्ग्रे सवारीको खपत बढिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पनि बाइकको आयात बढिरहेको छ । चालु आर्थिक वर्षको बैशाखसम्म र गत आर्थिक वर्षको बैशाख सम्मको आयातको तुलना गर्दा आयात बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको बैशाखसम्म १२५ सीसीभन्दा कम क्षमताका १ लाख १२ हजार २८२ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । जबकी, गत आर्थिक वर्षमा यो क्षमताका अनएसेम्बल्ड बाइकहरु केवल ५८ हजार ६१० युनिट मात्रै आयात भएका थिए ।

यस्तै, चालु आर्थिक वर्षको १० महिनामा (बैशाखसम्म) १२५ सीसीभन्दा कम क्षमताका तयारी मोटरसाइकल भने १४ हजार १५४ युनिट मात्रै भित्रिएका छन् । जबकी, गत आर्थिक वर्षको यो अवधि सम्ममा उक्त क्षमताका तयारी बाइक मात्रै ४१ हजार २२२ युनिट आयात भएका थिए । पछिल्लो समय नेपालमा मोटरसाइकलको एसेम्बल बढ्न थालेपछि तयारी बाइकको आयात घटिरहेको छ ।

तर, गत वर्षको १० महिनामा तयारी र अनएसेम्बल्ड गरी १२५ सीसीभन्दा कम क्षमताका कुल ९९ हजार ८३२ युनिट बाइक आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा यो क्षमताका १ लाख २६ हजार ४३६ युनिट बाइक (तयारी र अनएसेम्बल्ड गरी) आयात भइसकेका छन् ।

१२५ देखि २०० सीसी सम्मका अनएसेम्बल्ड बाइक चालु आर्थिक वर्षको १० महिनामा ४४ हजार ४९९ युनिट आएका छन् । गत वर्षको उक्त अवधिमा यस्ता बाइक ३२ हजार ९८४ युनिट आयात भएका थिए । यो समूहमा पर्ने तयारी बाइक यसवर्षको हालसम्म ६ हजार ५८३ युनिट आयात भएका छन् । गत वर्षको बैशाखसम्म ८ हजार ११६ युनिट आयात भएका थिए ।

चालु आर्थिक वर्षको हालसम्म २०० देखि २५० सीसी सम्मका अनएसेम्बल्ड बाइक १३ हजार ९५२ युनिट आयात भएका छन् । यो समूहका तयारी बाइक १५४ युनिट मात्रै भित्रिएका छन् । गत आर्थिक वर्षको बैशाखसम्म २०० देखि २५० सीसी सम्मका अनएसेम्बल्ड मोटरसाइकल ६ हजार ८०९ युनिट र तयारी बाइक १६० युनिट भित्रिएका थिए ।

राइड सेयरिङले बढायो खपत
गत आर्थिक वर्षको १० महिनामा कुल १ लाख ५९ हजार युनिट बाइक (तयारी र अनएसेम्बल्ड गरी) आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा २ लाख ८ हजार युनिट आयात भइसकेका छन् । एकै वर्षको अन्तरमा करिब ५० हजार युनिटले आयात बढेको छ ।

मोटरसाइकलसहित दुइ पाङ्ग्रे सवारीको ब्यापार बढ्नुमा सबैभन्दा ठूलो योगदान राइड सेयरिङ सेवाको रहेको आयातकर्ता कम्पनीहरु नै स्वीकार गर्छन् । काठमाडौँसहित देशका ठूला शहरहरुमा राइड सेयरिङ सर्भिस लोकप्रीय भइरहेको छ । युवाहरु भरपर्दो (जो पूर्ण रुपमा यी सेवामा कार्यरत छन्) र वैकल्पिक (जो पार्ट टाइम काम गर्छन्) आम्दानीको स्रोतका रुपमा पठाओ, याङ्गो, टुटल जस्ता राइड सेयरिङ सेवामा आवद्ध हुने क्रम बढिरहेकाले दुइ पाङ्ग्रे सवारीको ब्यापार बढ्दो क्रममा रहेको काठमाडौँस्थित एक बिक्रेताले बताए । अहिले नयाँ मात्रै होइन, सेकेन्ड ह्याण्ड बाइकको किनबेच पनि फस्टाएको छ ।

रेन्टल सर्भिस र डेलिभरी सर्भिसको पनि योगदान
पठाओ नेपालका पूर्व प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार राइड सेयरिङसहित फूड डेलिभरी सेवाले पनि दुइ पाङ्ग्रे सवारीको ब्यापार बढाउन मद्दत गरिरहेको छ । अनलाइन सपिङको कल्चर बढ्दै गएको र ग्राहकको घरसम्म सामान पु¥याउन पसल तथा कम्पनीहरुले डेलिभरी सेवाका लागि दुइ पाङ्ग्रे सवारी नै प्रयोग गर्ने भएकाले पनि मोटरसाइकलको ब्यापार बढेको उनको बुझाई छ ।

यस्तै, अब काठमाडौँ, पोखरा, चितवन जस्ता शहरहरुमा ‘बाइक रेन्टल सर्भिस’ पनि फस्टाउँदै गएको छ । विदेशी पर्यटक र स्वदेशी घुमन्तेहरुले समेत बाइक भाडामा लिएर हिड्ने अभ्यास बढिरहेकाले आगामी दिनमा दुइ पाङ्ग्रे सवारीको माग अझै बढ्ने देखिएको आयातकर्ता कम्पनीहरुको भनाइ छ ।

‘अहिले राइड सेयरिङ र डेलिभरीले राम्रो डिमाण्ड दिइरहेको छ । रेन्टल सर्भिस पनि बढिरहेकाले फ्यूचरमा टू ह्वीलरको बिजनेश अझै राम्रो हुन्छ भन्ने देखिन्छ’ आयातकर्ता कम्पनीका प्रतिनिधिहरु भन्छन्, ‘इन्फास्टकरमा पनि टू ह्वीलरका लागि मात्रै भनेर राज्यले थप लगानी गर्नुपर्ने अवस्था छैन ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img