Monday, April 20, 2026
spot_img
spot_img

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

spot_img
spot_img

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र रिलायन्स फाइनान्सबीच साझेदारी गर्ने हस्ताक्षर भएको छ ।

कमर्शियल सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि सुविधाजनक वित्तीय समाधान प्रदान गर्ने उद्देश्यले रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारीपत्रको मुख्य उद्देश्य SML ISUZU ब्राण्डका ट्रक, टिपर, सार्वजनिक बस, स्कूल बस र विशेष उद्देश्यका सवारी साधनहरूमा सुविधाजनक वित्तीय समाधान उपलब्ध गराउने रहेको बताइएको छ । ग्राहकको प्रारम्भिक छनोट लक्ष्मी कमर्शियल भेहिकल्सका वितरक र डिलरहरूले गर्नेछन् र नजिकको रिलायन्स फाइनान्सको शाखाबाट अधिकतम ५ वर्ष अवधिको मासिक किस्ता प्रणालीमा ऋण सेवा उपलब्ध हुनेछ ।

लक्ष्मी कमर्शियल भेहिकल्सले गुणस्तरीय, भरपर्दो र नेपाली सडक तथा व्यवसायिक आवश्यकताअनुकूल सवारी साधन उपलब्ध गराउँदै आएको छ। कम्पनीले आफ्नो 3S (बिक्री, सेवा, स्पेयर पार्ट्स) प्रणालीका लागि मुख्य कार्यालय गुर्जुधारा, काठमाडौंमा स्थापना गर्दै ७ वटा प्रदेश तथा सबै ठूला शहरमा सेवा उपलब्ध गराउँदै आएको छ।

समझौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र लक्ष्मी कमर्शियल भेहिकल्सका प्रबन्धक जितेन्द्र लाल कर्णले हस्ताक्षर गरेका छन् ।

यस साझेदारीले लक्ष्मी कमर्शियल भेहिकल्सलाई SML ISUZU ब्राण्डमार्फत नेपालभर व्यवसायिक सवारी साधन क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुर्याउन सक्षम बनाउने विश्वास लिइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...
spot_img