नेपाली बजारमा आइएम–६ को डेलिभरी सुरू भएको छ । एमजीको सहायक ब्राण्ड आइएमको प्रिमियम मोडल आइएम–६ को डेलिभरी सुरू भएको नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिँदा आइएम–६ मा उपभोक्ताको नजर परेको छ । उल्लेख्य बुकिङ पाएको र अहिले पनि बुकिङ भइरहेको यस गाडीको डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ ।
पारामाउण्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीका अनुसार नाइमा एक्स्पो लगत्तै डेलिभरी दिनेगरी गाडी ल्याउने तयारी भएपनि बाढी तथा पहिरोका कारण नाका अवरुद्द हुँदा त्यतिबेला आउन सकेको थिएन । गत आइतबार डेलिभरी दिने गरी गाडी काठमाडौँ आइपुगेका छन् ।
अहिले गाडीको टेस्ट ड्राइभ पनि सँगसँगै भइरहेको महाप्रबन्ध क्षेत्रीले जानकारी दिए ।
नेपाली बजारमा आइएम–६ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।











