Thursday, March 20, 2025
spot_img
spot_img

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सर्भिस क्याम्प सम्पन्न गरेको छ । गत जनवरीमा कम्पनीले बालकुमारीस्थित वर्कशप साथी, पेप्सीकोलास्थित दि बाइकस्मिथ, गुड्डु रिपेयर सेन्टर टेकु र टिकटक वर्कशप-जरङ्खमा सर्भिस क्याम्प सम्पन्न गरेको हो ।

यी चारवटै सर्भिस सेन्टरमा राइडरको उपस्थिती निकै राम्रो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमा सहभागी राइडरलाई बाइकको सर्भिसिङ तथा हेल्थ चेक अप निशुल्क प्रदान गरिएको कम्पनी भनाई छ । साथै, टोटल लुब्रिकेन्ट्सको प्रयोग पश्चात बाइकको पर्फमेन्स बढेको अनुभुती गराउनुको साथै बिज्ञमार्फन मेन्टिनेन्स टिप्स र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

क्याम्पमा सहभागी राइडरले टोटल लुब्रिकेन्ट्स प्रायोग पश्चात आफ्नो बाइकको पर्फमेन्स बढेको र इन्जिनबाट निस्कने अनावश्यक आवज समेत हटेको प्रतिक्रिया दिए । साथै उनीहरुले यस लुब्रिकेन्ट्सको प्रयोगले माइलेज समेत बढेको अनुभव गरे भने इन्जिनको आयू बढाउन समेत यसले भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।

नेपालको भुगोल र सडकको अवस्थाले गर्दा पनि यहाँ गुड्ने सवारीसाधनमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गर्नु अनिबार्य जस्तै हुने देखिन्छ । यसका लागी टोटल लुब्रिकेन्ट्स एउटा बलियो विकल्प हुने कम्पनी दाबी छ ।

टोटल इनर्जीजद्धारा उत्पादित इन्जिन आयलले चिसो र उच्च तापमानमा समेत इन्जिनलाई सजिलै स्टार्ट गराउन मद्धत गर्नुको साथै सिटी र अफ-रोड दुबै राइडिङमा उच्च पर्फमेन्स प्रदान गर्दछ । सो कार्यक्रम निकै सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने कम्पनीका सेल्स हेड सुबोध थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img