नेपाल राष्ट्र बैंकले लघुवित्तले वितरण गर्न पाउने लाभांश सम्बन्धि व्यवस्था फेरबदल गरेको छ। नयाँ व्यवस्था अनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा÷वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी गर्नु पर्ने छ।
जस अनुसार लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने छन्। ५ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा भएका तथा लाभांश वितरणपछिको पुँजीकोष अनुपात १२ प्रतिशत भन्दा माथि हुने लघुवित्तले २५ प्रतिशत लाभांश दिन पाउने छन् ।
यस्तो छ लघुवित्तले दिन सक्ने लाभांश दर सहितको तालिका :

पुँजीकोष र निष्कृय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा राष्ट्र बैंकले उल्लिखित तालिकामा तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्नेछ । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन् ।
नयाँ व्यवस्था अनुसार चुक्ता पुँजी कायम गर्न नसकेको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न पाइने छैन ।












