Monday, July 27, 2026
spot_img

पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

spot_img

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको हो।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेसंगै अब दुवै संस्थाले ३ महिना भित्र आफ्नो साधारणसभाबाट मर्जर समबन्धि प्रस्तावहरु पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ।

प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । दुवै संस्था १:१ को स्वापमा मर्ज हुन लागेको स्रोतले जनाएको छ। मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् । एकिकृत कारोबार गर्दा सम्म दुई कम्पनीका सीइओ मध्ये जसले मर्जर प्रक्रियामा बढी योगदान गर्छन् त्यहि सीइओलाई नै मर्जरपछि सीइओ बनाईने बताईएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img