नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको हो।
यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेसंगै अब दुवै संस्थाले ३ महिना भित्र आफ्नो साधारणसभाबाट मर्जर समबन्धि प्रस्तावहरु पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ।
प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । दुवै संस्था १:१ को स्वापमा मर्ज हुन लागेको स्रोतले जनाएको छ। मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् । एकिकृत कारोबार गर्दा सम्म दुई कम्पनीका सीइओ मध्ये जसले मर्जर प्रक्रियामा बढी योगदान गर्छन् त्यहि सीइओलाई नै मर्जरपछि सीइओ बनाईने बताईएको छ।











