Wednesday, June 10, 2026
spot_img

समृद्धि फाइनान्स जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम

spot_img
spot_img

समृद्धि फाइनान्स कम्पनी लिमिटेड जनकपुर शाखाले आज नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जनकपुर-३, जनक चोकमा आयोजित कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको र  जसअन्तर्गत २८ युनिट रक्त सङ्कलन गरिएको कम्पनीले जनाएको छ।

समृद्धि फाइनान्सले यसअघि गत सोमबार आफ्नो इटहरी शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ। त्यस्तै, आउँदो शुक्रबार, २३ फागुन २०८१, मा काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस नजिकै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।

समृद्धि फाइनान्सले समाजप्रति आफ्नो दायित्व पूरा गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ। रक्तदान जीवनदायी कार्य भएकाले संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...

शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना साना बचतकर्ताको...
spot_img