कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.गोपाल तिवारीले हस्ताक्षर गरेका छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी व्यवसायीहरुले आफ्नो वित्तीय विवरण तयार गर्न तथा सोसँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्न सरोकारवालाहरुको उपस्थिीतीमा तालिम सञ्चालन गरिने र सोको लागि आवश्यक पर्ने प्राविधिक सहयोग बैंकले गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धी हुने विश्वास व्यक्त गरे ।









