कामना सेवाका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

spot_img

कामना सेवा विकास बैंकमा कार्यरत महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन् ।

प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सरसफाई सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो । विपद्को अवस्थामा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामाग्रीको आवश्यकता समेत महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको छ ।

यसअघि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलब बापत १५ लाख गरी कुल २५ लाख सहयोग गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले गरेको छ ।

बैंकले विपद् प्रभावित समुदायप्रति संस्थागत सहयोगसँगै कर्मचारी स्तरबाट समेत देखाइएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप सुदृढ बनाएकोे छ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...