spot_img

एनआईसी एशियाका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा छुट

spot_img

एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यसैगरी, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन् ।

साथै, ग्राहकको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा एनआईसी एशिया बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक महानुभावहरु तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डर महानुभावहरुलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...