Sunday, July 26, 2026
spot_img

एसबिआई बैंकद्वारा “Navigating FATF Evaluation – Best Practices” विषयक गोष्ठी सम्पन्न

spot_img

नेपाल एसबिआई बैंक लिमिटेड (NSBL) ले “Navigating FATF Evaluation – Best Practices” विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको बैंकले जनाएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालको FATF मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारेकी थिइन्।

उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML-CFT एवं अनुपालन विज्ञ रामकृष्ण सुसारलाले गरेका थिए । कार्यक्रममा उनले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पारेका थिए ।

सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML-CFT ढाँचालाई सुदृढ पार्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको बैंकले जनाएको छ। नेपाल एसबिआई बैंक लि द्वारा आयोजित यस किसिमको गोष्ठी नेपालको वित्तीय क्षेत्रमा एक नया अभ्यास हो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img