Sunday, July 26, 2026
spot_img

राष्ट्र बैंकमा दुई जना कार्यकारी निर्देशक पद रिक्त, कसको हुन्छ बढुवा ?

spot_img

नेपाल राष्ट्र बैंकमा दुई जना कार्यकारी निर्देशकको पद रिक्त भएको छ। राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेकोमा हाल १६ जना मात्र कार्यकारी निर्देशक रहेका छन् ।

हिजो मात्र सरकारले कार्यकारी निर्देशक रहेका किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको छ। यस संगै उनको कार्यकारी निर्देशक पद रिक्त भएको हो । त्यस्तै केही दिन अघि मात्र उमेर  हदको कारण कार्यकारी निर्देशक रोशन सिग्देलले अनिवार्य अवकाश पाएका छन् । सो संगै उनी रहेको कार्यकारी निर्देशक पद पनि रिक्त भएको हो।

हाल राष्ट्र बैंकको वैदेशिक मुद्रा व्यवस्थापन विभाग र बैंकिंग विभागमा कार्यकारी निर्देशक पद रिक्त भएको हो । अब राष्ट्र बैंकले निर्देशकहरु मध्येबाट दुई जनालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने छ। जसमा पहिलो वरियतामा रहेका निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटाको बढुवा हुने सम्भावना छ। उनीहरुको  बढुवापछि राष्ट्र बैंकले अन्य कार्यकारी निर्देशकहरुको पनि सरुवा गर्न सक्ने छ।

हिजो सरकारले एक जना डेपुटी गर्भनर मात्र नियुक्त गरेको छ । राष्ट्र बैंकमा एझई एक डेपुटी गभर्नरको पद रिक्त छ। सरकारले कार्यकारी निर्देशकहरु मध्येबाट थप एक जनालाई डेपुटी गभर्नर नियुक्त गरेपछि अर्को एक कार्यकारी निर्देशकको पद पनि रिक्त हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img