Saturday, July 11, 2026
spot_img

शुक्रबार मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

spot_img

नेपाल राष्ट्र बैङ्कले साउन ११ गते शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यस अघि अघिल्लो शुक्रबार (साउन ४ मा) नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि गभर्नर महाप्रसाद अधिकारीले तयारी नपुगेको भन्दै ढिलाई गरेका थिए।

साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि खतिवडालाई  पनि ‘ब्रिफिङ’ गर्नुपर्ने भएकाले गत साता  मौद्रिक नीति आउँन नसकेको बताइन्छ। अब भने मौद्रिक नीति सार्वजनिक गर्नको लागि सम्पूर्ण तयारी पुरा भईसकेको राष्ट्र बैंकले जनाएको छ।

शुक्रबार बिहान राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । संचालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

विगतको भन्दा यस पटकको मौद्रिक नीति केही लचिलो हुने राष्ट्र बैङ्क स्रोत बताउछ। नयाँ सरकार गठन भएपछि एमालेबाट विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री पौडेलले गभर्नर र आफ्नो ट्युनिङ मिल्ने भएकोले अर्थतन्त्रका समस्या समाधान हुने गरि मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बैङ्कर्स तथा व्यवसायीहरुले पनि कर्जा प्रवाह बढ्ने गरि लचिलो मौद्रिक नीति ल्याउनको लागि माग गरिरहेका छन् । अहिलेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हुने भएकोले पनि लचिलो मौद्रिक नीति आउने अपेक्षा व्यवसायीहरुको छ । शेयर लगानीकर्ताहरुले भने मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा हट्ने तथा शेयर धितोकर्जाको जोखिमभार घट्ने अपेक्षा गरेका छन्।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img