Monday, September 7, 2026
spot_img

मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img

मौद्रिक नीति भनेको के हो?
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

नेपालमा मौद्रिक नीति कसले जारी गर्दछ ? यो कति अवधिमा जारी गरिन्छ ?
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षा लागि मौद्रिक नीति जारी गर्दछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने व्यवस्था पनि रहेको छ ।

मौद्रिक नीति र वित्त नीतिमा के फरक हुन्छ ?
सरकारको राजस्व, खर्च र सार्वजनिक ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रूपमा सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिको मुख्य जोड समष्टिगत आर्थिक स्थायित्व हुने गर्दछ र यसले मुद्राप्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन गर्ने काम गर्दछ ।

नेपालको मौद्रिक नीतिका अन्तरिम र सञ्चालन लक्ष्य के के हुन ?
नेपालको मौद्रिक नीतिको अन्तरिम लक्ष्य (Intermediate Target) स्थिर विनिमय दर र सञ्चालन लक्ष्य (Operational Target) अन्तरबैंक ब्याजदर (Interbank Rate) रहेको छ । विस्तृत मुद्राप्रदाय (M2) र निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धिदरलाई मौद्रिक नीतिको कार्यान्वयन अवस्था सङ्केत गर्ने सूचकको रुपमा लिने गरिएको छ ।

नेपालको मौद्रिक नीतिका मुख्य उद्देश्यहरू के के हुन ?
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु मौद्रिक नीतिका मुख्य उद्देश्यहरु हुन्।

नेपालको पहिलो मौद्रिक नीति कहिले आएको थियो ?
नेपालमा मौद्रिक नीति ल्याउने प्रचालनको सुरुवात आर्थिक वर्ष २०५९/६० मा गभर्नर डा. तिलक रावलले गरेका हुन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...