Wednesday, July 29, 2026
spot_img

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

spot_img

नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।

बुधबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रिपरिषदले पारित गरेको छ ।

विकसीत देशहरुमा स्टार्टअप स्थापित भए संगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकी, व्यवसायमा नयाँ सोचहरुको प्रार्दुभाव भैरहेका र सानो सानो लगानीमा नयाँ बिचारका साथ केही व्यवसायहरु उदाउँदै गर्दा तिनको संचालन कसरी र केका आधारमा भै रहेका छन् भन्ने राज्यको चासो संगै “स्टार्टअप” को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र “स्टार्टअप नीति” विकास गर्ने प्रक्रियाले  थालनी पाउँदै रोकींदै हालै २०८१ जेष्ठ २ गते मन्त्रिपरिषदबाट पारित भयो ।

नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्वपूर्ण रहेको महासंघले जनाएको छ ।यसका लागि महासंघले अनवरत रुपमा बिभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो।

सो नीति आएको खुशियालीमा महासंघले उक्त नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको आतिथ्यतामा बुधबार महासंघमा नीति संबाद आयोजना गरेको छ ।

सो  कार्यक्रमलाई सम्बोधन गर्दै नीति सम्बाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो ईतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारीयर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बिचार व्यक्त गरे।

त्यस्तै, सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरुका बिषयमा प्रकास पारेका थिए ।

कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगीक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगाएत थिए ।  सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा संचालन कार्यबिधि २०८० र अहिले कार्यान्वयन भै रहेको कर्जा वितरणको अन्तिम अवस्थाहरुका बारेमा आ-आफ्ना बिचारहरु व्यक्त गरेका थिए ।

कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई स्वागत गर्दे महासंघका केन्द्रिय सदस्य एवं वर्तमान स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापती जूना माथेमाले नीति आउनु स्वाग्तयोज्ञ रहे पनि प्रचार प्रसार झनै महत्वपूर्ण रहेको जानकारी दिईन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img