Saturday, July 18, 2026
spot_img

तालिम सक्ने बित्तिकै मासिक ५० हजारसम्मको जागिर खाने हो ? सिक्नुस् ‘स्पा थेरापी’

spot_img

के तपाईले ‘स्पा थेरापी’बारे सुन्नु भएको छ ? मसाज सेन्टर र थेरापीबारे बजारमा नकारात्मक हल्ला र चर्चाहरु त पक्कै सुन्नु भएकै होला । तर, स्पा थेरापी अन्तराष्ट्रिय रुपमै निकै ‘प्रोफेशनल’ व्यवसायिक क्षेत्रमध्ये एक हो । चार तारे र पाँच तारे होटलको मापदण्डमा यो सेवा अनिवार्य छ । यसबाट पनि ‘स्पा एण्ड वेलनेश’को महत्व थप उजागर हुन्छ ।

नेपालमा पनि व्यवसायिक रुपमा स्पा र वेलनेश सम्बन्धि तालिम दिँदै आन्तरिक बजार र विदेशी बजारमा समेत बिक्ने गरि दक्ष जनशक्ति उत्पादन हुँदै आएको छ । ट्रयान्क्वीलिटी स्पाको भगिनी संस्था ‘ट्रयान्क्वीलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी -टीब्सा’ ले विगत १४ वर्षदेखि मसाज थेरापी, स्पा, वेलनेश सम्बन्धि तालिम दिँदै आएको छ ।

सन् २००८ मा बाट सुरु भएको ट्रयान्क्वीलिटी स्पाले हालसम्म २ हजार जनालाई तालिम दिइसकेको छ । रोचक कुरा त के छ भने, यहाँबाट तालिम लिएकामध्ये कोही पनि वेरोजगार छैनन् । कतिपयले त आफैँले स्पा चलाएर स्वरोजगार नै बनिसकेका छन् भने अधिकांश नेपालका चार तारे र पाँच तारे होटलमा कार्यरत छन् । केही भने विदेशका प्रतिष्ठित विश्वस्तरीय होटल ब्राण्डमा अनुबन्ध भएर मनग्य आम्दानी गरिरहेका छन् ।

कसरी दिइन्छ तालिम ? कति लाग्छ शुल्क ?
ट्रयान्क्वीलिटी स्पाले आयुर्वेदिक चिकित्सक र होटल म्यानेजमेन्टका प्रशिक्षकबाट मसाज थेरापी, स्पा र होटल म्यानेजमेन्टको तालिम दिन्छ । ब्यूटी, फेसियल जस्ता सौन्दर्यकला सम्बन्धि तालिम पनि प्रदान गरिन्छ ।

ट्रयान्क्वीलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीका अनुसार ‘इन्टरमेडियट स्पा थेरापी’ तालिम ३ महिनाको हुन्छ भने ‘डिप्लोमा इन स्पा थेरापी’ तालिम ६ महिनाको हुन्छ । ‘इन्टरमेडियट स्पा थेरापी’ सिक्न ३ महिनाको १ लाख ५० हजार रुपैयाँ शुल्क लाग्छ भने ‘डिप्लोमा इन स्पा थेरापी’ तालिम लिन २ लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर, टीब्साले सुरुमा १० प्रतिशत मात्रै शुल्क लिएर तालिम दिन्छ । बाँकी पैसा तालिम लिइसकेपछि भूक्तानी गर्दा हुने प्रबन्ध मिलाइएको छ ।

सुरेश पुरी

 

‘तालिम सकेको भोलिपल्टै रोजगारी पाइहालिन्छ, हामीले नै व्यवस्थापन सम्हालेका होटल तथा स्पा सेन्टरहरुमा लगाउँछौँ, बजारमा स्पा थेरापिस्टहरुको निकै धेरै माग भएकाले बेरोजगार बस्नुपर्ने अवस्था नै आउँदैन’ पुरी भन्छन्, ‘चार तारे र पाँच तारे होटलमा अत्याधिक माग भएकाले तुरुन्त रोजगारी पाइहालिन्छ, चिन्ता नै हुँदैन ।’

तालिममा ८० प्रतिशत ‘प्राक्टिल’ वा व्यवहारिक भने २० प्रतिशत सैद्धान्तिक कुराको पढाई हुन्छ । सामान्य लेखपढ गर्न जान्नेदेखि उच्च तहको शैक्षिक योग्यता भएकाहरुले स्पा तथा थेरापी सम्बन्धि तालिम लिएर नेपालमै मासिक २५ हजारदेखि ५० हजारसम्म र विदेशमा जाँदा मासिक २ लाखभन्दा बढी आम्दानी गर्न सक्ने टीब्साका प्रमुख कार्यकारी अधिकृत पुरीको भनाइ छ ।

‘हामीले हालसम्म २ हजारभन्दा बढीलाई तालिम दियौँ, यीमध्ये ३ सय जना जति विदेशी पनि छन्’ पुरी भन्छन्, ‘तालिम लिएकामध्ये ३० देखि ४० प्रतिशत विदेशमा छन्, उनीहरुले मनग्य आम्दानी गरिरहेका छन् । नेपालमै भएकामध्ये पनि दर्जनौँले आफ्नै स्पा र थेरापी सेन्टर चलाएका छन् ।’

नेपाली संस्कृतिको ‘नेवारी मसाज’
टीब्साले नेपाली संस्कृति अनुसारको मसाज तथा मालिस गर्ने अभ्यासलाई पनि ब्राण्ड बनाउनुपर्छ भनेर ‘नेवारी मसाज’ सुरु गरेको छ । बच्चाहरुलाई तेल लगाउने, जीउमा तेल लगाएर तन्काउने, घाममा सुताएर मालिस गर्ने जस्ता हाम्रा परम्परागत विधिहरुलाई समेटेर यसलाई ‘नेवारी मसाज’को नामबाट ब्राण्डिङ सुरु गरिएको पुरी बताउँछन् ।

‘अहिले हाम्रा दाजुभाइ दिदीबहिनीहरु युरोप र स्वीट्जरल्याण्डमा गएर यो खालको मसाज गरिरहनु भएको छ, त्यहाँ बच्चा जन्मेपछि यो खालको मसाज गराउने क्रम अहिले बढिरहेको पाएका छौँ’ उनले भने ।

‘तालिम लिनेका लागि बैंकले ऋण दिनुपर्छ’
पुरीका अनुसार प्रोफेशनल क्षेत्र भएकाले तालिम खर्च अन्य सामान्य तालिमको तुलनामा केही महँगो छ । सुरुमा तालिम लिन अलिकति बढी लगानी गर्नु परेपनि तालिम पश्चात उच्च आम्दानी हुने उनको भनाइ छ ।

तर, तालिम लिन चाहने सबैले शुल्क तिर्न सक्ने अवस्था छैन । त्यहीँ भएर टीब्साले कुल शुल्कको १० प्रतिशत लिएर तालिम दिन सुरु गर्छ । तर, यति मात्रै प्रभावकारी नहुने देखेर पुरीले बैंकहरुले तालिम लिन चाहनेका लागि ‘कर्पोरेट ग्यारेन्टी’मा कर्जा प्रवाह गर्नुपर्ने बताएका छन् ।

‘हामी ग्यारेन्टी बसिदिन्छौँ, उसले तिरेन भने हामी तिरिदिन्छौँ, बढीमा २ वर्षको अवधिका लागि लगानी गरिदेउ भन्दा बैंकहरुले मानेका छैनन्’ पुरी भन्छन्, ‘हामीसँग सिक्छ, सिकेपछि तुरुन्तै काम पाइहाल्छ, २ वर्षमा निर्धक्कका साथ तिरि पनि सक्छ, तिरेन भने कर्पोरेट ग्यारन्टी बसेको नाताले हामी तिरिदिन्छौँ भन्दा बैंकहरु कन्सेप्ट चाहिँ राम्रो हो भन्छन्, तर फाइनान्सिङ गरिदिँदैनन् ।’

उनले सीप सिकेर दक्ष बन्छु, कमाउँछु, आत्मनिर्भर बन्छु भन्नेका लागि कर्जा सुविधा हुनुपर्ने बताएका छन् । ‘बिडम्बना के छ भने बैंकले, सहकारीले, साहुमहाजनले यस्तोमा ऋण दिँदैनन्, बिना कुनै सीप विदेश जान्छु भन्यो भने बरु तुरुन्तै ऋण दिन्छन्’ पुरी निराश हुँदै भन्छन्, ‘कर्पोरेट ग्यारेन्टीका आधारमा कम्तीमा बैंकले चाहिँ दिनुपर्ने हो ।’

‘खर्चालु पर्यटक बढ्छन्, मनग्य आम्दानी हुन्छ’
विश्व बजारमा अहिले वेलनेश टुरिजम’को ‘कन्सेप्ट’ बढिरहेको छ । मानव निर्मित संरचना देखाउने भन्दा पनि सेवा र सत्कार उत्कृष्ट बनाउँदै पर्यटक आकर्षित गर्ने ध्याउन्नमा अहिले विश्वका विभिन्न देशहरु लागिरहेका छन् । जसका लागि स्पा थेरापिष्ट, वेलनेश जनशक्ति र मसाज गर्ने जनशक्तिको ठूलो माग छ ।

‘स्पा र मसाज थेरापिस्टहरु संसारको जुनसुकै देशमा प्रोफेशनल जिन्दगी बाँच्न सक्छन्’ पुरी भन्छन्, ‘यो सेवामूलक क्षेत्र हो, आतिथ्य सेवा र सत्कारमा चित्त बुझाएर शुल्क लिन पाइन्छ । यसकारण यो क्षेत्रबाट हुने आम्दानी असिमित हुन्छ ।’

स्वदेशदेखि विदेशसम्म ‘ट्रयान्क्वीलिटी स्पा’

४ वटा कोठामा ‘डे स्पा’बाट यात्रा सुरु गरेको ट्रयान्क्वीलिटी स्पाको भगिनी संस्था टीब्साले अहिले नेपालको स्पा र थेरापी बजारमा बलियो उपस्थिति मात्रै जनाएको छैन, विदेशमा समेत सेवा विस्तार गरेर नेपालकै नाम उँचो बनाएको छ । अहिले नेपाल भरीमा १८० कोठामा सेवा विस्तार भएको छ, जसमा २० करोडमाथि लगानी भइसकेको छ । टीब्सा सन् २०१० मा सुरु भएको हो।

ट्रयान्क्वीलिटी स्पाले काडमाडौँको र्याडिशन होटलमा १० वर्ष सेवा दिइसकेको छ । १० वर्षे सम्झौता पूरा भएपछि अहिले फेरि र्याडिशनको व्यवस्थापनले ट्रयान्क्वीलिटीसँगै पुनः १० वर्षका लागि नयाँ सम्झौता गरेको छ ।

चन्द्रागिरी हिल्स (चन्द्रागिरी), सब्रिना होटल (हात्तिगौडा), शंकर होटल (लाजिम्पाट), लेमन ट्री प्रीमियर (बुढानिलकण्ठ), सरोबर होटल (पोखरा), सोल्टी काठमाडौँ, क्राउन इम्पेरियल (रबी भवन), बबरमल भिल्ला (बबरमल), स्पाराडाइज स्पा एण्ड सलुन (टङ्गाल)मा पनि ट्रयान्क्वीलिटी स्पाको स्पा तथा वेलनेश सेवा उपलब्ध छ ।

सँगै, लाभि रेसिडेन्स (बौद्ध), अमृताज वेलनेश (सानेपा)मा पनि टीब्साले सेवा दिइरहेको छ । ट्रयान्क्वीलिटी स्पा कुपण्डोल, ट्रयान्क्वीलिटी स्पा ठमेलमा पनि ट्रयान्क्वीलिटी स्पाका स्पा र वेलनेश सेन्टर छन् ।

आकामा होटल (धुम्बाराही) र निकट भविष्यमै थप हुने लेमन ट्री ब्राण्डका २ वटा पाँच तारे होटलमा पनि ट्रयान्क्वीलिटी स्पा रहने सम्झौता भइसकेको छ ।

यसैगरी, मलेसियामा पनि ट्रयान्क्वीलिटी स्पाले सेवा दिँदै आएको छ । मलेसियाको मेरियट पुत्रजया भन्ने ठाउँमा रहेको पल्म गार्डेन होटलले ट्रयान्क्वीलिटी स्पासँग सम्झौता गरेको थियो । तर, सम्झौता भइसकेपछि होटल व्यवस्थापन टिम परिवर्तन भयो, परिवर्तन भएर आएको नयाँ टिमले विश्वास गरेन । सम्झौता नै रद्द गर्ने जस्तो कुरा आएपछि ट्रयान्क्वीलिटी स्पाले काम नै सुरु नभई सम्झौता रद्द नगर्न र एकपटक काम हेर्न अनुरोध गर्यो ।

‘हामीले काम चित्त नबुझे सम्झौता रद्द गर्नुहोला, तर सम्झौता भइसकेको हुनाले एकपटक काम त सुरु गर्न दिनुपर्छ भन्यौँ, यसपछि व्यवस्थापन लचक भयो र काम थाल्यौँ’ पुरी स्मरण गर्छन्, ‘हामीले सन् २०१५ बाट त्यहाँ काम थालेका थियौँ । सन् २०१९ मा हामीले मलेसियन सरकारबाट ‘बेस्ट होटेल स्पा अवार्ड’ पायौँ ।’

बेस्ट होटेल स्पा अवार्ड

उनी भन्छन् ‘ यति ठूलो ब्राण्डको होटेलमा नेपालीहरुले कसरी  स्पाको व्यवस्थापन गर्न सक्छन् भनेर हाम्रो काबिलियत माथी शंका गरेको थियो। जब हामीले मलेसियाकै बेस्ट होटेल स्पा को पुरस्कार पायौं , तब तर मलेसियाको म्यारिअट पुत्रजयाले हाम्रो तारिफ गरेको थियो।’

आज पनि ट्रयान्क्वीलिटी स्पा र यसको भगिनी संस्था टीब्साको यो रफ्तार चलिरहेकै छ । पुरी आफैँ नेपाल स्पा एण्ड वेलनेस एशोसियशनको अध्यक्ष छन् । अब उनी पर्यटन मन्त्रालय लगायतका सरोकारवाला निकायसँग सहकार्य गरेर स्पा तथा वेलनेश सम्बन्धि ‘स्ट्याण्डर्ड गाइडलाइन’ बनाउने अभियानमा लागेका छन् ।

‘यो क्षेत्रको निकै ठूलो सम्भावना छ, क्वालिटी टुरिजमका लागि पनि यसको महत्व विशेष हुन्छ’ पुरी भन्छन्, ‘विश्वभरी नै अहिले आयुर्वेद र प्राकृतिक उपचार पद्धतिको बहस भइरहेको छ । यो त हाम्रो देशमा उत्पत्ति भएको प्रणाली हो, यसबाट हामीले नै लाभ लिनुपर्छ । नेपालमा पनि स्पा एण्ड वेलनेशमा अर्बौ रुपैयाँ लगानी भइसकेको छ, होटलहरुले यसका लागि छुट्टै भवन नै बनाउन थालिसके । यसको विकास र विस्तारमा सरकारले पनि चासो देखाउनुपर्छ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img