Sunday, July 26, 2026
spot_img

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

spot_img

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। सिद्धार्थ बैंक  कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।

आर्थिक वर्ष २०८२/०८३  को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८३/०४/८ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितीको २०६ औं बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  साउन ८ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

यो योजना एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा  इकाईहरु पठाईने क्यापिटलले जनाएको छ । अन्यको हकमा बैंक खातामा नगद लाभांश पठाइने छ ।

संचालनमा आएपछि “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” ले दोस्रो पटक लाभांश घोषणा गरेको हो। यससंगै आर्थिक वर्ष २०८२/०८३ को लागि लाभांश घोषणा गर्ने सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम पहिलो बनेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...
spot_img