Friday, June 5, 2026
spot_img

इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयत्न गर्न मोहन डाँगीको आह्वान

spot_img
spot_img

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आह्वान गरेका छन् । उनले आज शुक्रबार सबै सल्लाहकार, विज्ञ सल्लाहकार र ऊर्जा उद्यमीहरुलाई विधान संशोधनको विषय थाती राखेर सर्वसम्मत नेतृत्व चयनको लागि आह्वान गरेका हुन् ।

इप्पानले यहि २०८३ साल जेठ २९ गते २४औं साधारण सभा तथा आठौं अधिवेशन गर्दै छ। जसबाट नयाँ नेतृत्व पनि चयन हुने छ।

तर इप्पानको एउटा समूहले नयाँ नेतृत्वको चयन हुनु अघि विधान  संशोधन हुनु पर्ने र संशोधित विधान अनुसार निर्वाचन हुनु पर्ने भन्दै दबाब बढाएको छ । यसो हुँदा इप्पानमा विधान संशोधनबारे विवाद बढेको छ।

वरिष्ठ उपाध्यक्ष डाँगीले अध्यक्ष गणेश कार्की र आफुले संयुक्त र व्यक्तिगत हिसाबले सर्वासम्मत नेतृत्व चयनको लागि पहल गरिरहेको भएपनि सम्भव नभएको बताएका छन् । उनले  सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयत्न गर्न सार्वजनिक रूपमा प्रस्ताव गरेका हुन् ।

आफु स्वयं, अध्यक्ष गणेश कार्की,  उमेरद्वार नरहेका उपाध्यक्ष राम प्रसाद आचार्य, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण प्रसाद आचार्य र पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई सम्मिलित ५ जनाको टिम गठन गरि सर्वसम्मत नेतृत्व चयनको लागि डाँगीले आग्रह गरेका हुन् । यो ५ जनाको टिमले सर्वसम्मत रुपमा नयाँ नेतृत्व  चयनको लागि उनले सार्वजनिक आह्वान गरेका हुन् ।

हालको विधानको व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका डाँगी आगामी कार्यकालको लागि स्वत अध्यक्ष बन्ने छन् ।

यस अघि : के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

बिहिबार बिहानैबाट भन्सार जाँसपास भएर छुटेका विभिन्न ब्राण्डका विद्युतीय...

नेप्सेमा सोपान फर्मासुटिकल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नियमन आयोगको अध्यक्षको लागि १० र सदस्यको लागि २२ जनाको आवेदन (सूचीसहित)

विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जना र सदस्यको...

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...
spot_img