Wednesday, June 3, 2026
spot_img

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

spot_img
spot_img

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-८ स्थित सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि शैशिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

स्कुल सहितका शैक्षिक तथा खेलकुद सामाग्रीहरु सामाग्रीहरु बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले सेतो गुराँस नमुना बालबाटिकाकी प्रधानाध्यापक लक्ष्मी चौधरीलार्ई हस्तान्तरण गरेकी छिन् ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले हाल १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तारागाउँ विकास सहित ७ वटा समितिका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक बर्खास्त

सरकारले ७ वटा विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी...

सीमा पारीबाट सय रुपैयाँको सामान ल्याउँदा अब भन्सार नलाग्ने, कतिसम्म छ छुट ?

सरकारले स्थल सीमा नाका हुँदै १ सय रुपैयाँभन्दा बढीको...

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा...

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...
spot_img