सरकारले स्थल सीमा नाका हुँदै १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा महशुल लगाउने यसअघिको नियम परिमार्जन गरेको छ । अब यो सीमा बढाएर ५ सय रुपैयाँसम्म कायम गरिएको छ ।
सरकारले राजपत्रमा सूचना निकालेर १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्याएको हो ।
‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
यसअघि गत वर्षको जेठमै सरकारले सूचना निकालेर सीमा पारीबाट १ सय रुपैयाँ भन्दा माथिको वस्तु ल्याउँदा महशुल लाग्ने नियम ल्याएको थियो । वर्तमान सरकार बनेपछि उक्त नियम कार्यान्वयन गर्दा सीमा नाकामा सर्वसाधारणहरुले हैरानी खेप्नु परिरहेको थियो ।












