Wednesday, June 3, 2026
spot_img

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप

spot_img
spot_img

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।

शशिला मोटर्सले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । साथै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए ।

उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

त्यसैगरी, महानगर यातायातका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए । उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ।

बसको चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन आजको आवश्यकता भएको बताए । उनले यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशकै यातायात प्रणाली सुधारका लागि महत्वपूर्ण हुने उल्लेख गरे । कम्पनीले व्यावसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र बिक्रीपछि सेवा प्रणालीलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे ।

महानगर यातायातले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तारागाउँ विकास सहित ७ वटा समितिका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक बर्खास्त

सरकारले ७ वटा विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी...

सीमा पारीबाट सय रुपैयाँको सामान ल्याउँदा अब भन्सार नलाग्ने, कतिसम्म छ छुट ?

सरकारले स्थल सीमा नाका हुँदै १ सय रुपैयाँभन्दा बढीको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी...

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...
spot_img