Monday, July 27, 2026
spot_img

‘८ महिनालाई पुग्ने चिनी स्टक छ, अभाव हुँदैन’

spot_img

भारत सरकारले चिनीको निकासीमा प्रतिबन्ध लगाएपनि नेपालमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको छ ।

नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको जनाउँदै मन्त्रालयले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिसँग छलफल गरेपछि चिनीको अभाव नहुने जनाएको हो ।

नेपालमा सञ्चालनमा रहेका उद्योगबाट उत्पादित र मौज्दातमा रहेको चिनी तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतका निकायहरूसँग हाल ८ महिनाको माग धान्ने चिनीको मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img