Sunday, July 26, 2026
spot_img

काँग्रेसले १० बुँदामा छोटो र स्पष्ट घोषणापत्र ल्याउँदैछः महामन्त्री प्रदीप पौडेल

spot_img

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।

दलहरुले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पूरा नहुँने भएकाले काँग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।

‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरुलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,’ पौडेले भने, ‘व्यवसायीले ठूलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पूँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’

पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ ।

‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौं । छलफल चलाइरहेका छौैं,’ उनले भने, ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।’

राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलहरु स्पष्ट हुनुपर्ने र काँग्रेसले यसलाई आत्मसाथ गरेको बताए ।
‘यसअघिका घोषणा पत्रमा धेरै लेख्यौं । हामीले कार्यान्वयन गर्न सकेनौं । अब भनिएका गरिएका बाचा कार्यन्वयन हुनेगरी एजेण्डा आउँछन् । देशका लागि १० एजेण्डा भनेर नेपाली काँग्रेसले तयारी गरेको छ । हाम्रा सबै आसय यसैमा समेट्छौं ।जनतालाई चित्तबुझनेगरी ल्याउँछौं । हामी भ्रस्टचारमुक्त नेपाल बनाउन चाहान्छौं ।’

अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रस्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

थोरै पूँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरुले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्र गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सृजना गर्ने र उत्पादन बढाउने निजी क्षेत्रले गर्ने हो,’ पौडेलले भने, ‘निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचित र पुरातन कुरा गरेर केही अर्थ छैन ।’

चीन र भारतलाई लक्षित गर्दै पौडेलले छिमेकी र अन्य देशसँगको सम्बन्धको बारेमा राष्ट्रिय धारण बनार्ने बताए । यसका लागि सबै दल तयार हुनुपर्ने पनि उनको भनाइ छ । नयाँ कानुनहरु व्यवसायीक बनाउनुपर्ने हो भने निजी क्षेत्रले स्पष्ट रुपमा भन्न सक्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसाथ गर्नुपर्ने पौडेलले बताए ।

‘एनआरएनहरुको पुँजी किन हामीले नेपालमा भित्र्याउन सकेनौं रु पूँजी भित्र्याउन कडाई गरेर वैदेशिक लगानी आउँदैन,’ पौडेलले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img