Tuesday, July 28, 2026
spot_img

रिभर फल्स पावरले लिलामीमा ल्याएको शेयरको बोलपत्र आज खोलिंदै

spot_img

रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको शिलबन्दी बोलपत्रहरु आज सोमबार खोलिने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादी स्थित कार्यालयमा बोलपत्र खोल्ने जनाएको हो।

कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म हकप्रदमा अवितरित १० लाख ३८ हजार ९ सय २४ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको थियो। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो। सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार ५ सय १७ जना आवेदकलाई ५९ लाख ६१ हजार ०७६ कित्ता शेयर हकप्रद बाँडफाँड गरिएको थियो। यस संगै बिक्री नभएको १० लाख ३८ हजार ९ सय २४ कित्ता शेयर लिलाममा आएको हो।

नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img