Monday, July 27, 2026
spot_img

प्रभु बैंकमा सीआईबीको छापा

spot_img

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ ।

प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन आर्थिक अपचलनको जाहेरीका आधारमा पक्राउ परेपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बेलुका बैंकमा छापा हानिएको सीआईबीले बताएको छ । अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले जानकारी दिएका छन् ।

‘अनुसन्धानका लागि आवश्यक फाइलहरु हामीले नियन्त्रणमा लिएका छौँ, राष्ट्र बैंक सँगको सहकार्यमा ती फाइलमाथि छानबिन सुरु भइसकेको छ’ उनले भने ।

९८ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा प्रभु समूहका अध्यक्ष भट्टचन कात्तिक ११ गते पक्राउ परेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img